आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सगरमाथा स्मासर्सको लगातार दोस्रो जित, खप्तड फाल्कन्स सोझो सेटमा पराजित

सगरमाथा स्मासर्सको लगातार दोस्रो जित, खप्तड फाल्कन्स सोझो सेटमा पराजित

 |  शनिबार, भदौ २०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०८३

काठमाडौं । जारी नेपाल भलिबल लिगमा सगरमाथा स्मासर्सले खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको छ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा सगरमाथाले खप्तडलाई २५–१८, २५–१८ र २५–१९ ले हराएको हो।

यो प्रतियोगितामा सगरमाथाको दोस्रो जित हो। यसअघि उसले मधेश वारियर्सलाई पराजित गरेको थियो। शनिबारकै अर्को खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ को सेटमा पराजित गरेको थियो।

प्रतियोगिताअन्तर्गत आइतबार अन्नपूर्ण स्पाइकर्स र काठमाडौं रेड्सबीच दिउँसो ४ बजे तथा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुनेछ।

प्रकाशित: Sep 05, 2026| 21:01 शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्