शनिबार, भदौ २०, २०८३

काठमाडौं रेड्सको रोमाञ्चक जित, मधेश वारियर्स ३–२ ले पराजित

 |  शनिबार, भदौ २०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०८३

काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडौँ रेड्सले मधेश वारियर्सलाई ३–२ को सेटमा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौँले पहिलो सेट २०–२५ ले गुमाए पनि दोस्रो सेट २६–२४, तेस्रो २५–१७ ले जितेको थियो। चौथो सेट मधेशले २५–२२ ले जितेपछि निर्णायक पाँचौँ सेटमा काठमाडौँ १६–१४ ले विजयी भएको थियो ।

आजै हुने दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्सबीच साँझ ७ बजे प्रतिस्पर्धा हुनेछ।

केडिया समूहको आयोजनामा भइरहेको लिगमा ६ टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको यस फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछ।

भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा सबै टोलीले एकअर्काविरुद्ध एक खेल खेल्नेछन्। लिग चरणमा पहिलो हुने टोली सिधै फाइनल पुग्दा दोस्रो र तेस्रो स्थानका टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित: Sep 05, 2026| 18:28 शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्