बुधबार, कात्तिक ४, २०८३

साउथ अस्ट्रेलियाले नेपाल ए लाई दियो २६० रनको लक्ष्य

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- साउथ अस्ट्रेलियाले नेपाल ए लाई २६० रनको लक्ष्य दिएको छ।

एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको हो। टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको हो।  साउथ अस्ट्रेलियाका लागि डोउत्जे हुगेनबोइजेमले १११ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै लालचन बांग्सले ४२ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर राशिद खानले २ विकेट लिए भने रिजन ढकाल, नारायण जोशी, पवन सराफ र लोकेश बमले एक एक विकेट लिएका थिए।

प्रकाशित: Sep 04, 2026| 10:56 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।