काठमाडौं- नेपाल ए टिम आज साउथ अस्ट्रेलिया टिमसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदैछ।
एकदिवसीय सिरिज अन्तर्गत नेपाल ए पहिलो खेलमा तासमानियासँग पराजित भएको थियो। नेपाल ए ले सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ।
नेपाल ए ले यसअघि टप एन्ड सिरिज खेलेको थियो। सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो।
नेपाल ए टिममा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।