बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ओस्नाब्रुकलाई हराउँदै बायर्न म्युनिख डिएफबी पोकलको दोस्रो चरणमा

ओस्नाब्रुकलाई हराउँदै बायर्न म्युनिख डिएफबी पोकलको दोस्रो चरणमा

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- डिएफबी कपको पहिलो चरणको खेलमा बायर्न म्युनिखले भीएफएल ओस्नाब्रुकलाई ४-१ गोलअन्तरले हराउँदै दोस्रो चरणमा स्थान बनाएको छ।

गएराती सम्पन्न खेलमा घरेलु टोली ओस्नाब्रुकले पाँचौँ मिनेटमै रोबिन माइजनरको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो। करिब ३० मिटर टाढाबाट माइजनरले गरेको प्रहार बायर्नका गोलरक्षकलाई छक्याउँदै गोलमा परिणत भएको थियो।

तर बायर्नले लामो समय पछि पर्न दिएन। खेलको १८औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। त्यसको छ मिनेटपछि टोम बिसफले गोल गरेपछि बायर्नले २-१ को अग्रता बनाएको थियो। 

खेलको दोस्रो हाफमा पनि बायर्नले खेलमा नियन्त्रण कायम राखेको थियो। खेलको ७३औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै टोलीको अग्रता ३-१ बनाए। खेलको ८६औँ मिनेटमा प्राप्त पेनाल्टीमा केनले गोल गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरेपछि बायर्न ४-१ ले विजयी भएको थियो।

यो जितसँगै उपाधि रक्षक बायर्न म्युनिख डिएफबी कपको दोस्रो चरणमा पुगेको छ। बायर्नले पहिलो चरण लगातार ३२औँ पटक पार गरेको हो। सन् १९९४ मा भेस्टेनबर्ग्सरोइटसँग पराजित भएपछि बायर्न पहिलो चरणबाटै बाहिरिएको छैन।

प्रकाशित: Sep 03, 2026| 07:59 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्