काठमाडौं- बार्सिलोनाले आर्सनलका ब्राजिलियन फरवार्ड गाब्रिएल जिससलाई अनुबन्ध गरेको छ।
बार्सिलोनाले जिससलाई भित्र्याउन करिब १ करोड १० लाख युरो खर्च्च गरेको बताइएको छ। जिससले बार्सिलोनासँग सन् २०२९ सम्मको तीन वर्षे सम्झौता गरेका छन्।
बार्सिलोनाले यो स्थानान्तरणलाई बजारमा उपलब्ध अवसरका रूपमा लिँदै जिससलाई क्लबमा भित्र्याएको हो। २९ वर्षीय जिससले गत सिजन आर्सनलका लागि इङ्लिस प्रिमियर लिगका तीन खेलमा मात्र सुरुआती टोलीबाट खेलेका थिए। उनले १४ खेलमा तीन गोल गरेका थिए।
पछिल्ला केही वर्षदेखि पटक पटक चोटबाट प्रभावित हुँदै आएका जिससले बार्सिलोनाको आक्रमणलाई बलियो बनाउने अपेक्षा गरिएको छ। बार्सिलोनाको अग्रपंक्तिमा अब रोबर्ट लेवान्डोस्की र फेरान टोरेस नरहेपछि जिससलाई महत्वपूर्ण खेलाडीका रूपमा हेरिएको छ।
बार्सिलोनाले एटलेटिको म्याड्रिडका अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने प्रयास सफल नहुने भएपछि जिससलाई भित्र्याएको विश्लेषण गरिएको छ।