काठमाडौं- अस्ट्रेलिया रहेको नेपाल ए टिमले तीन एक दिवसीय खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले ए ले आज तास्मानियासँग खेल्दैछ भने सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ।
नेपाल ए ले यसअघि टप एन्ड सिरिज खेलेको थियो। सिरिजमा नेपालले खेलेका ६ खेलमा २ खेल जितेको थियो भने ४ खेलमा हार बेहोरेको थियो।
नेपाल ए टिममा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।