बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्ल्यान्डसँगको सिरिज हारेपछि पाकिस्तानले सात खेलाडी हटायो

इंग्ल्यान्डसँगको सिरिज हारेपछि पाकिस्तानले सात खेलाडी हटायो

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं- इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएपछि पाकिस्तानले टोलीमा ठूलो परिवर्तन गरेको छ। पाकिस्तानले सात खेलाडीलाई टोलीबाट हटाउँदै पाँच नयाँ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा बोलाएको छ भने मुख्य प्रशिक्षकलाई समेत जिम्मेवारीबाट मुक्त गरेको छ।

सिरिजका पहिलो दुई टेस्टमा एकतर्फी हार बेहोरेपछि बर्मिङ्घममा सेप्टेम्बर ९ देखि सुरु हुने तेस्रो तथा अन्तिम टेस्टका लागि पाकिस्तानले खेलाडी र प्रशिक्षक टोलीमा व्यापक हेरफेर गरेको हो।

टोलीबाट हटाइएका मोहम्मद रिजवान, इमाम उल हक, सलमान अली आघा, अली उस्मान र खुर्रम शहजादले सिरिजका खेलमा सहभागिता जनाएका थिए। आमिर जमाल र मोहम्मद आवैस जाफरलाई भने खेल नखेल्दै घर पठाइएको छ।

पाकिस्तानले सात खेलाडीलाई टोलीमा बोलाएको छ। यसमध्ये साइम अयुब र अब्दुल्लाह फजलले यसअघि टेस्ट खेलिसकेका छन्। अराफात मिन्हास, मोहम्मद इमरान जुनियर, विकेटकिपर सइद बैग, मोहम्मद इमरान र रजाउल्लाहले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन्।

मुख्य प्रशिक्षक सरफराज अहमद र सहायक प्रशिक्षक उमर गुललाई पनि जिम्मेवारीबाट हटाइएको छ। उनीहरूको स्थानमा सीमित ओभरका प्रशिक्षक माइक हेसन र अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर एश्ले नोफ्केलाई ल्याइएको छ।

पहिलो टेस्टमा हेडिङ्लीमा पाकिस्तान एक इनिङ्सले तथा दोस्रो टेस्टमा लर्ड्समा १९४ रनले पराजित भएको थियो। पाकिस्तान आफ्ना चारै इनिङ्समा २०० रनभन्दा कममा अलआउट भएको थियो।

सिरिजको विचमा सात खेलाडी र मुख्य प्रशिक्षकलाई हटाउने पाकिस्तानको निर्णयलाई पूर्व कप्तान तथा पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष रमिज राजाले असाधारण कदम भन्दै आलोचना गरेका छन्। उनले यसले पाकिस्तान क्रिकेटमा त्रासको अवस्था देखाएको र नयाँ तथा बाँकी खेलाडीको आत्मविश्वासमा समेत असर पर्न सक्ने प्रतिक्रिया दिएका छन्।

प्रकाशित: Sep 01, 2026| 13:33 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्