सोमबार, भदौ १५, २०८३

बारकोला लिभरपुलमा अनुबन्ध

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं। इङ्लिस क्लब लिभरपुलले फ्रान्सेली क्लब पीएसजीका युवा फरवार्ड ब्राडली बारकोलालाई औपचारिक रुपमा भित्र्याएको घोषणा गरेको छ। २३ वर्षीय बारकोलाले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका छन्।

फ्रान्स राष्ट्रिय टोलीका खेलाडी बारकोला लिभरपुलको मुख्य लक्ष्य रहेका थिए। लिभरपुलले करिब साढे ११ करोड युरोमा सहमति गरेको बताइएको छ। यसअघि पीएसजीले बारकोलाका लागि करिब १७ करोड युरो माग गरेको थियो।

गत सिजन पीएसजीले फ्रान्सेली लिग र युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्दा बारकोलाको महत्वपूर्ण भूमिका रहेको थियो। पेरिसमा उनको वर्तमान सम्झौता अझै दुई वर्ष बाँकी रहे पनि उनी लिभरपुल जाने इच्छा व्यक्त गर्दै आएका थिए। लिभरपुल पुगेमा बारकोला क्लबको इतिहासमा दोस्रो महँगा खेलाडी बनेका छन्। यसअघि लिभरपुलले गत बर्ष न्युक्यासल युनाइटेडबाट स्ट्राइकर अलेक्जान्डर इसाकलाई करिब साढे १४ करोड युरोमा अनुबन्ध गरेको थियो।

यस वर्षको विश्वकपमा फ्रान्सका लागि आठ खेल खेल्दै बारकोलाले तीन गोल गरेका थिए। पीएसजीमा अग्रपंक्तिमा तीव्र प्रतिस्पर्धा रहेकाले उनी नियमित खेल समय पाउने उद्देश्यले नयाँ क्लबमा जान इच्छुक रहेका छन्। लिभरपुलले लामो समयका प्रमुख खेलाडी मोहम्मद सलाहले क्लब छाडेपछि अग्रपंक्तिको दुवै विन्ग्स बलियो बनाउने योजनालाई प्राथमिकतामा राखेको थियो। सलाहले यसै महिना निःशुल्क खेलाडीका रूपमा टर्कीको ट्राब्जोनस्पोरसँग आबद्ध भएका थिए।

बारकोला लिभरपुल आएमा क्लबका अर्का फरवार्ड कोडी गाक्पोको भविष्यमा समेत असर पर्न सक्ने देखिएको छ। गाक्पोप्रति टोटनहम र म्यानचेस्टर सिटीले पनि चासो देखाइरहेका छन्।

प्रकाशित: Aug 31, 2026| 19:27 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्