सोमबार, भदौ १५, २०८३

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ। सोमबार सम्पन्न बहराइनविरुद्धको खेल ७ विकेटले जितेर नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

बहराइनले नेपाललाई दिएको ८८ रनको लक्ष्य पछाएको नेपालले २१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। 

नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाएका थिए भने रोहित पौडेलले अविजित १९ रन बनाए। त्यस्तै आसिफ सेखले १८, देव खनालले १० रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो। बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३  र अलि दाउदले १० रन बनाएका थिए।

त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए। त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए।

नेपालले अब अर्को खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ। यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

प्रकाशित: Aug 31, 2026| 11:58 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्