सोमबार, भदौ १५, २०८३

नेपालले टस जित्यो, पहिले ब्याटिंग गर्दै बहराइन

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज बहराइनको सामना गर्दैछ। यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै बहराइनले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ। 

प्रतियोगिताको पहिलो दिन काठमाडौं ओमान र हङकङले विजयी सुरुआत गरेका छन्। समूह बी को खेलमा ओमानले सिंगापुरलाई र समुह ए को खेलमा हङकङले साउदी अरेबियालाई पराजित गरेको हो। 

नेपाल समुह ए मा हङकङ, साउदी अरेबिया, बहराइन र आयोजक मलेसियासँग रहेको छ। यस प्रतियोगितामा नेपालले पहिलो खेल आज बहराइनसँग खेल्दैछ भने दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ। यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ। 

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ। नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।

प्रकाशित: Aug 31, 2026| 07:28 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्