सोमबार, भदौ १५, २०८३

पाकिस्तानमाथि इंग्ल्यान्डको लगातार दोस्रो जित

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा १९४ रनको शानदार जित हात पारेको छ। 

लर्ड्समा भएको खेलमा इंग्ल्यान्डले दिएको ३८९ रनको लक्ष्य पछ्याएको पाकिस्तान ५०.५ ओभरमा १९४ रनमै समेटिएपछि घरेलु टोली विजयी भएको हो।

पाकिस्तानले अन्तिम दिन ३८९ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमै तीन विकेट गुमाएको थियो। टोली १४ रनमै तीन विकेट गुमाएर दबाबमा परेको थियो। त्यसपछि साउद शकीलले उत्कृष्ट ब्याटिङ गर्दै १२२ बलमा ९७ रन बनाएका थिए। उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए। तर शतक पूरा गर्न तीन रनले चुकेका शकीललाई जोस टोङले आउट गरेपछि पाकिस्तानको जितको सम्भावना समाप्त भएको थियो।

इंग्ल्यान्डका बलर ओली रोबिन्सनले दोस्रो इनिङमा १४ ओभरमा २४ रन दिएर चार विकेट लिएका थिए। उनले पहिलो इनिङमा पनि चार विकेट लिएका थिए। रोबिन्सनले खेलभर ३५ रन दिएर आठ विकेट लिएपछि उनलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो। जोफ्रा आर्चरले दुई तथा जोस टोङले तीन विकेट लिएका थिए।

यसअघि इंग्ल्यान्डले पहिलो इनिङमा २९० रन बनाएको थियो। पाकिस्तान ११० रनमै समेटिएपछि इंग्ल्यान्डले दोस्रो इनिङमा २०८ रन बनाउँदै पाकिस्तानसामु ३८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। इंग्ल्यान्डका जेमी स्मिथले पहिलो इनिङमा ६१ रन बनाएका थिए भने डान लरेन्सले दोस्रो इनिङमा ५४ रन जोडेका थिए।

यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिज २-० को अपराजित अग्रता बनाउँदै सिरिज आफ्नो पक्षमा पारेको छ। यसअघि हेडिङ्लेमा भएको पहिलो टेस्टमा इंग्ल्यान्डले पाकिस्तानलाई एक इनिङ्स र १०३ रनले पराजित गरेको थियो।

अब सिरिजको तेस्रो तथा अन्तिम टेस्ट आगामी सेप्टेम्बर ९ देखि बर्मिङ्घमस्थित एजबेस्टनमा सुरु हुनेछ।

प्रकाशित: Aug 31, 2026| 07:03 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्