आइतबार, भदौ १४, २०८३

सेभियामाथि एट्लेटिको म्याड्रिडको सहज जित

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ।

एट्लेटिकोको जितमा अलेक्स बाएनाले दुई तथा अडेमोला लुकम्यानले एक गोल गरेका थिए। बाएनाले खेलको चौथो र ३३औँ मिनेटमा गोल गरेका थिए भने लुकम्यानले २६औँ मिनेटमा गोल गरेका थिए।

सेभियाका लागि मिगेल सिएराले ६६औँ मिनेटमा एक गोल फर्काएका थिए। त्यसपछि सेभियाले गोल थप्न नसक्दा एट्लेटिकोले ३-१ को जित सुरक्षित गरेको थियो।

जितसँगै एट्लेटिकोले तीन खेलबाट सात अंक जोडेको छ। टोलीले लिगमा दुई जित र एक बराबरीको नतिजा निकालेको छ।  त्यस्तै सेभियाको भने तेस्रो खेलमा यो पहिलो हार हो।

प्रकाशित: Aug 30, 2026| 07:33 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्