काठमाडौं- अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए' ले आज छैटौं खेल अन्तर्गत भिक्टोरिया सिए एघारसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ।
नेपाल ए ले प्रतियोगितामा २ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। सेमिफाइनलमा पुग्न नेपालले यस खेलमा उच्च रनरेटसहित जित्नुपर्ने अवस्था रहेको छ।
भोक्टोरियाले भने ५ खेलमा ४ जितसहित ८ अंक हासिल गर्दै सेमिफाइनलमा पुगिसकेको छ। त्यस्तै बंगलादेशको एचपी एघार र एडिलेड स्ट्राइकर्स एकेडेमी पनि सेमिफाइनलमा पुगिसकेका छन्।
क्यानले अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली अस्ट्रेलिया पठाएको छ।
टोलीमा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।