काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्गमा सवारीसाधनको आवागमन सुचारु भएको छ।
लेदोका कारण सडकमा रोकिएका तथा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। पहिलो चरणमा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका आधारमा आवागमनको व्यवस्था मिलाइएको हो।
राजमार्ग खुलाउने तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी राख्दै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
सडक पूर्णरूपमा सहज बनाउन लेदो हटाउने तथा सडक सफाइको कामलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
