काठमाडौं। भारतले बाढी प्रभावित नेपालमा राहत र उद्धारको अवस्था बारे छलफल गरेको छ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरले शुक्रबार नेपालमा जारी उद्धार तथा राहत कार्यबारे छलफल गरेको बताएका छन्। काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा सुरक्षाबारे पछिल्लो जानकारी उपलब्ध गराएको उनले जनाएका छन्। उनले भनेका छन्- 'नेपालमा जारी राहत तथा उद्धार कार्यलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ।
भारतले यसअघि पनि नेपालका बाढी प्रभावितका लागि दुई पटक गरेर ४७.५ टन मानवीय सहायता तथा आवश्यक औषधि पठाएको थियो। भारतले नेपालका सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै राहत तथा उद्धार कार्यमा सहयोग जारी राख्ने जनाएको छ।
