शुक्रबार, भदौ १२, २०८३

एथ्लेटिक क्लबमाथि बार्सिलोनाको सहज जित

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं- स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ। घरेलु मैदानमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो।

बार्सिलोनाको जितमा कप्तान राफिन्हा र फर्मिन लोपेजले गोल गरेका थिए। राफिन्हाले खेलको ३७औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा बार्सिलोनाले थप गोलका अवसर सिर्जना गरेको थियो। तर एथ्लेटिक क्लबका गोलरक्षक उनाइ सिमोनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए। दोस्रो हाफमा एथ्लेटिक क्लबले बराबरी गोलका लागि प्रयास गरेको थियो। तर बार्सिलोनाले खेलमा दबाब कायम राखेको थियो। खेलको ८२औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि एथ्लेटिक क्लबले गोल फर्काउन नसकेपछि बार्सिलोनाले २-० को जित सुनिश्चित गरेको थियो।

यो जितसँगै बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा लगातार दुई खेल जितेको छ। यसअघि बार्सिलोनाले एल्चेलाई ५-० गोल अन्तरले पराजित गरेको थियो। एथ्लेटिक क्लबले भने नयाँ सिजनमा लागातर दोस्रो हार बेहोरेको छ।

प्रकाशित: Aug 28, 2026| 07:21 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्