बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्। 

काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा ः आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले बुधबार रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल–भारत सम्बन्धका विषयमा निर्धारित धारणा राख्नुभन्दा पहिले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरेका थिए। 

कार्यक्रममा उनले उपस्थित सबैलाई एक मिनेट मौनधारण गर्न आग्रह गर्दै बुधबारको बाढीले भोटेकोशी र त्रिशूली नदीको जलाधार क्षेत्रमा बस्ती, जलविद्युत् आयोजना, सडक तथा पुललगायतका संरचनामा क्षति पुर्याएको र धेरै मानिसको ज्यान गएको बताए। 

‘अहिले म क्षतिको यकिन संख्या बताउन सक्ने अवस्थामा छैन। तथ्यांक संकलन पूरा भएको छैन,’ लामिछानेले भने, ‘सरकारले हरेक मोर्चाबाट काम गरिरहेको छ। सुरक्षा निकायमार्फत खोज तथा उद्धार भइरहेको छ भने प्रभावित जिल्लामा राहत पुर्याउने काम जारी छ।’

उनले कठिन परिस्थितिमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुटेका स्थानीय समुदायप्रति आभार व्यक्त गरे। विपद्का बेला बाह्य सहयोग पुग्नुअघि नै स्थानीय समुदाय पहिलो उद्धारकर्ताका रूपमा परिचालित हुने गरेको उनले उल्लेख गरे।

लामिछानेले विपद्को समयमा नेपाललाई सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बुधबार साँझ टेलिफोन गरी समवेदना व्यक्त गर्नुका साथै नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा उनले आभार व्यक्त गरे।

प्रकाशित: Aug 27, 2026| 16:57 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्