काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानसँग टेलिफोन वार्ता गरेका छन्।
वार्ताका क्रममा दुवै विदेशमन्त्रीले विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन्। परराष्ट्रमन्त्री खनालले बंगलादेश सरकारले नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेकोमा धन्यवाद दिएका छन्। आवश्यक पर्ने विशेष सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय कायम राख्ने पनि उनले बताएको मन्त्रालयले जनाएको छ।
