बिहीबार, भदौ ११, २०८३

सिंहदरबारमा सुरु भयो सर्बदलीय बैठक

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ।

सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बैठक केहीबेरअघि शुरु भएको हो।  

बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ता भएकाको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु उपस्थित रहेका छन्।

प्रकाशित: Aug 27, 2026| 10:01 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्