बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाढी प्रभावितको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन रवि लामिछानेको अपिल

बाढी प्रभावितको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन रवि लामिछानेको अपिल

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार रूपमा अघि बढ्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।

लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्।

विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरेका छन्।

संवेदनशील अवस्थामा अप्रमाणित सूचना, हल्ला तथा अफवाह सामाजिक सञ्जालमार्फत नफैलाउन पनि लामिछानेले अपिल गरेका छन्। गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने उनको भनाइ छ।

उनले पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सबै नेता तथा सदस्यलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

विपद्को समयमा सबैको एउटै प्राथमिकता नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग हुनुपर्ने लामिछानेले बताएका छन्। बाढी प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्नसमेत अपिल गरेका छन्।

प्रकाशित: Aug 26, 2026| 12:03 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्