आइतबार, भदौ ७, २०८३

भारतका केएस भरत एनपीएलमा काठमान्डु गोर्खाजबाट खेल्ने

 |  आइतबार, भदौ ७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०८३

काठमाडौं। काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले भारतको राष्ट्रिय टिमका पूर्व खेलाडी केएस भरतलाई भित्र्याएको छ।  काठमान्डु गोर्खाजले भरतलाई भित्र्याएको औपचारिक घोषणा गरेको हो। 

३२ बर्षिय आन्ध्रप्रदेशका विकेट किपर ब्याट्सम्यान भरतले भारतका लागि ७ टेस्ट खेलेका थिए। उनले अन्तिम खेल २०२४ मा इङल्याण्डविरुद्ध खेलेका थिए। आइपिएलमा उनले दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स , कोलकोता नाइट राइडर्स  र रोयल च्यालेन्जर्स बैंगलुरुमा रहेपनि प्रयाप्त खेल्ने अवसर भने पाएका थिएनन्। 

तर भरत भारतको घरेलु क्रिकेटमा भने प्रदर्शन उत्कृष्ट रहेको छ। उनले फर्स्ट क्लास क्रिकेटमा ११३ खेल खेल्दै ३६.५३ को औसतले ११ शतक र ३४ अर्धशतकसहित ६ हजार १०२ रन बनाएका छन्। उनले अहिलेसम्म ९१ टी-२० खेल खेल्दै १८१२ रन बनाएका छन्, जसमा ११ अर्धशतक रहेका छन्। 

करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले यस सिजनका लागि भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई रिटेन गरेको छ। त्यस्तै,अक्सनबाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह, सुयान्शु कोइरालालाई भित्राएको छ।

प्रकाशित: Aug 23, 2026| 18:57 आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्