शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियाली खेलकुदको तयारीका लागि नेपाली पौडी टिमले भारतमा प्रशिक्षण गर्ने

एसियाली खेलकुदको तयारीका लागि नेपाली पौडी टिमले भारतमा प्रशिक्षण गर्ने

 |  शनिबार, साउन ३०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०८३

काठमाडौं- नेपाली पौडी टोलीले आगामी २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलुरुमा गर्ने भएको छ। टोलीले त्यहाँ एक महिनासम्म प्रशिक्षण गर्नेछ।

प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भारत जाने भएको छ। टोलीमा जाडेन श्रेष्ठ, अभिषेक प्रधान, इर्भिन श्रेष्ठ, डुवाना लामा र आर्या महर्जन रहेका छन्।

टोलीको प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ रहेका छन्।

प्रशिक्षणका लागि भारत प्रस्थान गर्न लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरेका छन्।

प्रकाशित: Aug 15, 2026| 09:03 शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्