शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पुष्पलाल स्मृति ब्याडमिन्टन : नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा

पुष्पलाल स्मृति ब्याडमिन्टन : नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं। सिटिजन बैंककी नङ्गशल तामाङ र सशस्त्र प्रहरी बलकी रिहाना सेरचनको जोडी लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।

यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा भएको खेलमा नङ्गशल र रिहानाको जोडीले नेपाल प्रहरी क्लबका श्रेया बज्राचार्य र अश्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।

महिला १९ वर्षमुनिको एकलतर्फ सशस्त्र प्रहरीकी रिहाना सेरचन, निभा राई, अजरेन्का सेरचन, स्वर्लिन श्रेष्ठ, नेपाल प्रहरीकी अश्मिता खत्री, सुविज्ञा दाहाल, समृद्धि श्रेष्ठ र दिलाशा राना पनि अन्तिम आठमा पुगेका छन्। 

पुरुष १९ वर्षमुनिको एकलतर्फ नेपाल प्रहरीका कविर केसी, नेपाली सेनाका सौर्य महर्जन, सुदन राजकोटी, सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङसहित सुप्रिम पन्त, सदीप राई, रिजन मगर र सुविन श्रेष्ठले क्वार्टरफाइनलमा स्थान बनाएका छन्। प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको छ।

प्रकाशित: Aug 13, 2026| 18:33 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्