शुक्रबार, कात्तिक ६, २०८३

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नयाँ मिति तोकिएको छ।

विहिबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो।

प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा नभएको लगायतका कारण यसअघि तय गरिएका मितिमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। यो खेलकुद प्रतियोगिता पाँचौं पटक सरेको हो। 

प्रकाशित: Aug 13, 2026| 18:23 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।