बुधबार, साउन २७, २०८३

भारतमा र अफगानिस्तानबीच तीन खेलको टी-२० सिरिज हुने

 |  बुधबार, साउन २७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०८३

काठमाडौं। अफगानिस्तानले भारतसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड र भारतीय क्रिकेट नियन्त्रण बोर्डले सिरिज हुने जानकारी दिएका छन्।

सिरिजका तीनवटै खेल भारतको दिल्लीस्थित अरुण जेटली क्रिकेट रंगशालामा हुनेछन्। पहिलो खेल सेप्टेम्बर १३, दोस्रो सेप्टेम्बर १५ र तेस्रो खेल सेप्टेम्बर १७ मा हुनेछ।

यो सिरिज अफगानिस्तानको आगामी भ्रमण कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको हो। पछिल्ला वर्षमा अफगानिस्तानले आफ्ना घरेलु खेल भारतमै आयोजना गर्दै आएको छ। 

प्रकाशित: Aug 12, 2026| 15:31 बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्