कालीकोट- कालीकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गरिएको थियो। त्यसपछि अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी त्यहाँ रहेका सामानमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय कालीकोटमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ।