बर्दिया- २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जना पुरुष पक्राउ परेका छन्।
बारबर्दिया नगरपालिका–११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई प्रहरीले पक्राउ गरेको हो। कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्।
राप्तीसोनारी गाउँपालिका–१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुनालाई प्रहरीले पक्राउ गरेको हो। रूपलालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।