दाङ- स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु भएको छ।
रोल्पा, सुनछहरी गाउँपालिका–१, घुसबाङका ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो।
सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट घरतर्फ फर्कदै गर्दा खोला तर्ने क्रममा उनको बगेर मृत्यु भएको इलाक प्रहरी कार्यालय रोल्पाले जनाएको छ।