काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा २ तथा कोशी र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ।
त्यस्तै देशभर भएका दुर्घटनामा १०० जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन्। त्यस्तै कोशीमा १९ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ४ जना, सुदूरपश्चिममा १४ जना, गण्डकीमा ३ र कर्णालीमा ११ जना घाइते भएका छन्।