रौतहट- पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी भएको छ।
आज बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर अकस्मात् पल्टिएपछि आगो लागेको प्रहरीले जनाएको छ।
रौतहट प्रहरीका अनुसार दुर्घटनालगत्तै ट्याङ्करमा आगलागी भए पनि चालक सकुशल रहेका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।