बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सञ्चारमन्त्रीले इन्टरनेट सेवा प्रदायकलाई भने- बक्यौता नतिरी लाइसेन्स नवीकरणको अपेक्षा नराख्नुस्

सञ्चारमन्त्रीले इन्टरनेट सेवा प्रदायकलाई भने- बक्यौता नतिरी लाइसेन्स नवीकरणको अपेक्षा नराख्नुस्

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

काठमाडौं- सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको वर्षौँदेखिको रोयल्टी, दूरसञ्चार सेवा शुल्क र ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता विवाद टुंग्याउने प्रक्रिया अघि बढाएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालसँगको छलफलमा कानुनअनुसार तिर्नुपर्ने कर तथा शुल्क अनिवार्य रूपमा असुल गरिने, तर अन्यायपूर्ण व्यवस्था भए पुनरावलोकन गर्न सकिने बताए। उनले जायज माग मात्रै सम्बोधन हुने स्पष्ट पार्दै सेवा प्रदायकलाई लिखित सुझाव दिन आग्रह गरे।

मन्त्री तिमिल्सिनाले बक्यौता नतिरी लाइसेन्स नवीकरणको अपेक्षा गर्न नमिल्ने बताउँदै सेवा प्रदायक कम्पनीहरूको संख्या धेरै भएकाले प्रभावकारी नियमनका लागि मर्जर वा प्राप्तिको विकल्प पनि खुला रहेको उल्लेख गरे।

आइस्पानले भने अधिकांश कम्पनी आर्थिक दबाबमा रहेकाले पाँच वर्षसम्मको बक्यौता एकैपटक तिर्न नसक्ने भन्दै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम किस्ताबन्दीमा बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। लाइसेन्स नवीकरण रोकिँदा सेवा विस्तार, बैंकिङ कारोबार र व्यवसाय सञ्चालन प्रभावित भएको तथा दूरसञ्चार सेवा शुल्क र कर निर्धारणको पुनरावलोकन आवश्यक रहेको सङ्घले जनाएको छ। हाल अधिकांश सेवा प्रदायकले रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अन्य शुल्कको बक्यौता अझै तिर्न बाँकी छ।

प्रकाशित: Aug 05, 2026| 13:35 बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्