बुधबार, साउन २०, २०८३

पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

जनकपुरधाम- सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी, दास टोलबाट तीन जनालाई पक्राउ गरिएको छ।

गए राति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित सिरहाको लहान नगरपालिका २२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ निवासी २० वर्षीय सारबजित दासलाई पक्राउ गरिएको हो। 

पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए।

प्रकाशित: Aug 05, 2026| 14:42 बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्