शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सिमलताल नजिक पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

सिमलताल नजिक पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

Machhapuchchhre

सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो।

पहिरो पन्छाउन सडक डिभिजनका उपकरण परिचालन गरिसकिएको जनाइएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ।

सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।

प्रकाशित: Aug 04, 2026| 22:05 मंगलबार, साउन १९, २०८३