बुधबार, साउन २०, २०८३

बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किंदा दुई जनाको मृत्यु

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।

मंगलबार इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा साउन २० गते बिहान ३:३० बजे उपचारकै क्रममा मृत्यु छ।

मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 05, 2026| 07:48 बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्