मंगलबार, साउन १९, २०८३

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ९५ जना घाइते

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ९५ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने कोशीमा २ तथा लुम्बिनी र गण्डकीमा एक एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा ९५ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १६ जना घाइते भएका छन्। त्यस्तै कोशीमा २० जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा १५ जना, सुदूरपश्चिममा ८ जना र कर्णालीमा २ जना घाइते भएका छन्।

प्रकाशित: Aug 04, 2026| 12:55 मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्