मंगलबार, साउन १९, २०८३

महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

 |  मंगलबार, साउन १९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०८३

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका –०९ डुमरवाना स्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालक सहित ६ घाइते भएका छन्।

मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका –०५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेल सहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ।

घाइतेहरूको उपचारका लागि बिके अस्पताल गौशाला महोत्तरी तथा स्थानीय मेडिकलमा पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 04, 2026| 11:19 मंगलबार, साउन १९, २०८३
प्रतिक्रिया दिनुहोस्