सोमबार, साउन १८, २०८३

गोरखामा पहिरोले एक घर बगायो

 |  सोमबार, साउन १८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०८३

गोरखा। पहिरोले गोरखामा एक घर बगाएको छ। गोरखा नगरपालिका -९ लक्ष्मीबजारस्थित मानसिंह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि पहिरोमा बगेको हो। घरमा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका  टोखान महतो घाइते भएका छन्। घाइतेको हाल गोरखा अस्पतालमा उपचार भइरहेको र उनलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 03, 2026| 15:10 सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्