सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका -२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायातको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
नदीमा खसेको कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको र कारमा एकजना निर्माण व्यवसायी, एकजना अपरेटरसहित तीनजना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ।
घटनास्थलमा हाल नेपाल प्रहरी,सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयले संयुक्तरूपमा खोजि कार्य गरिरहेका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको छ।