शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

 |  शुक्रबार, साउन १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०८३

विराटनगर- कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही रु दुई लाख उपलब्ध गराउने निर्णय भएको छ। 

साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई रु ५० हजार प्रदान गरिने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो। 

प्रकाशित: Jul 31, 2026| 13:34 शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्