बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालय बन्द रहने

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालय बन्द रहने

 |  बिहीबार, साउन १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०८३

जनकपुरधाम । जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएपछि शुक्रबार यहाँका विद्यालयहरूमा पठनपाठन बन्द रहने भएको छ। अवस्था नियन्त्रणबाहिर गएपछि बिहीबार (साउन १४) देखि कर्फ्यु लगाइएको छ।

विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ हुन सक्ने भएकाले एनप्याब्सन, प्याब्सन, हिसान र एमपी्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन्। 

साथै, विद्यालय छुट्टीपश्चात विद्यार्थीलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउन सहजीकरण गरिदिन पनि संयुक्त विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

प्रकाशित: Jul 30, 2026| 15:50 बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्