बुधबार, साउन १३, २०८३

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

 |  बुधबार, साउन १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०८३

काठमाडौं- एकै दिन  देशका विभिन्न भागमा  विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १०:०० बजेदेखि साउन १२ गते बिहान १०:००सम्मको विवरणअनुसार विपद्का घटनाबाट १० जिल्ला प्रभावित भएका छन्। यो अवधिमा तीन जनाको मृत्यु भएको, २१ जना घाइते भएको र कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ।

सबैभन्दा बढी १२ वटा सर्पदंशका घटना भएका, १२ वटा पहिरो, सात आगलागी, छ अविरल वर्षा, तीन जनावर आक्रमण, एक बाढी र एक भूकम्पको घटना भएका छन्। 

ती घटनाका कारण करिब रु नौ लाख २२ हजार ५०० बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। 

यसैबीच, चालु वर्षको वैशाख १ गतेदेखि साउन १२ गते बिहानसम्म देशभर तीन हजार ७८८ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी १९२ जनाको मृत्यु, तीन जना बेपत्ता र एक हजार १३९ जना घाइते भएका छन्। यस अवधिमा पाँच हजार चार परिवार विभिन्न विपद्बाट प्रभावित भएका प्राधिकरणले जनाएको छ।

प्रकाशित: Jul 29, 2026| 11:23 बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्