बिहीबार, साउन १४, २०८३

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

 |  बुधबार, साउन १३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०८३

काठमाडौं- सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ। 

सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ। यस्तै, प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिनेछ। समितिको बैठक बिहान ११:१५ बजे बस्नेछ।  

समितिले मङ्गलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो। 

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। समितिको बैठक बिहान ११:०० बजे बस्नेछ।

प्रकाशित: Jul 29, 2026| 07:15 बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्