मंगलबार, साउन १२, २०८३

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाउन सकस

 |  मंगलबार, साउन १२, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०८३

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा  खसेको पहिरा पन्छाउन सकस भएको छ। इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित समेत बन्न पुगेको छ। 

डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो खसिरहेकाले काममा समस्या भएको छ। केहीबेरअघि केही पन्छाएर आकस्मिक सवारी पार गराएको र दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उनले जानकारी दिए। 

उनले भने ‘थप पहिरो नखसेमा दिउँसोसम्ममा सडक सफा गरेर रोकिएका सवारी पार गराउने तयारी छ।’ मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पहिरोस्थल पर्दछ। चालीस मिटरमाथिबाट ढुङ्गासहितको पहिरो खसेको हो। पहिरोले २० मिटर क्षेत्र ढाकेको छ। सफा गर्न कठिन भइरहेको छ। 

नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यो बर्सातमा सो ठाउँमा पहिरोको थप जोखिम हुनसक्ने बताइएको छ।

प्रकाशित: Jul 28, 2026| 11:39 मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्