मंगलबार, साउन १२, २०८३

अवैध काठ र ढुंगा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

 |  मंगलबार, साउन १२, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०८३

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा  ओसार्ने ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो दोधारा– चाँदनी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १८ क्युफिट पाँच गोलिया काठ बरामद गरिएको हो। 
 
त्यसैगरी, प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रूपमा ढुङ्गा ओसारपसार गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। 

उनका अनुसार कृष्णपुर नगरपालिका–१ स्थित ओदाली खोलाबाट अवैध रुपमा ढुङ्गा निकाली ल्याउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिइएको हो।
 
ट्याक्टर चालक कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका पुष्कर चौधरी र प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिका कार्यालय बुझाइएको कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

प्रकाशित: Jul 28, 2026| 09:48 मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्