सोमबार, साउन ११, २०८३

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

 |  सोमबार, साउन ११, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०८३

सुदूरपश्चिम- आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको आज मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते भएका थिए। उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका थिए। त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिए पनि आफन्तले उनलाई सिधैँ काठमाडौँ लैजाँदै गरेका थिए।

त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Jul 27, 2026| 10:01 सोमबार, साउन ११, २०८३
प्रतिक्रिया दिनुहोस्