काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न मृदुला सरियालाई पक्राउ गरेको छ।
झापाको भद्रपुर घर भएकी ३९ वर्षीया सरियालाई बिहीबार सानो गौचरणबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए।
बीमा प्राधिकरणले निरीक्षण गर्दा सरियाले ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालि मार्फत बिमा सम्बन्धी कसुर गरेको भेटिएको थियो। उनीविरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।