शुक्रबार, साउन ८, २०८३

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

 |  शुक्रबार, साउन ८, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०८३

जनकपुरधाम- मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ। यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो। सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ। यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन्। 

किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले राससलाई बताए। यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन्।

प्रकाशित: Jul 24, 2026| 10:42 शुक्रबार, साउन ८, २०८३
प्रतिक्रिया दिनुहोस्