बुधबार, असार २४, २०८३

फिफा विश्कप २०२६

कोलम्बियालाई  हराउँदै स्वीट्जरल्यान्ड 'क्वार्टरफाइनल'मा 

 |  बुधबार, असार २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०८३

काठमाडौं- कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै  क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। स्वीट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे। त्यस्तै म्यानुअल अकांजीको प्रहार भने बहिरियो।

प्रतियोगितामा कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गर्दा डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरियो। यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ।

प्रकाशित: Jul 08, 2026| 07:30 बुधबार, असार २४, २०८३
प्रतिक्रिया दिनुहोस्