काठमाडौं- फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विजयी भएको छ।
अमेरिकाको टोरन्टो रंगशालामा सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ अर्थात प्रिक्वाटर्ड फाइनलमा प्रवेश गरेको हो।
अत्यन्त विवादास्पद परिस्थितिमा क्रोएसिया र पोर्चुगलको खेल भएको छ। क्रोएसियालाई पराजित गरेको पोर्चुगल अब अन्तिम १६ मा आफ्नो कट्टर प्रतिद्वन्द्वी स्पेनसँग भिड्ने छ।